राजनीति


अर्काको देशमा बसेर नेपालीलाई गाली गर्ने बानीले देश बन्दैन : उपाध्यक्ष भुसाल

अर्काको देशमा बसेर नेपालीलाई गाली गर्ने बानीले देश बन्दैन : उपाध्यक्ष भुसाल

नेपालखबर
भदौ ३०, २०८० शनिबार १६:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले उच्च शिक्षा लिएका युवाहरू नेपालमै बस्नुपर्ने बताएकी छिन्। पछिल्ला दिनमा अध्ययन नै नगरी बाहिरिने क्रम बढेको उल्लेख गर्दै त्यस्तो क्रमले देशको विकास हुन नसक्ने उनको भनाइ छ। 

शनिबार एम्स इन्टरनेशनल कलेजले ललितपुरमा आयोजना गरेको शिक्षक सम्मान, पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भुसालले यस्तो बताएकी हुन्।

पूर्वमन्त्री समेत रहेकी भुसालले देशभक्तिको भावना लिने अघि बढ्न आग्रह गरिन्।

‘देश बनाउने जिम्मा नयाँ पिँढीको हो,’ भुसालले भनिन्, ‘नेपालमा केही भएन भन्दै डलर खर्च गरेर बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन।’

देश बनाउन पढेलेखेका व्यक्तिहरूले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उनको दाबी छ। 

‘एउटा हातले पैसा ल्याउने अर्को हातले बाहिर पठाउने क्रम घटाउनु पर्‍यो, यहाँ पढेका साथीहरुले यही बस्ने व्यवस्था मिलाउनु पर्‍यो। केही न केही नयाँ काम गरेर शिक्षित व्यक्ती पलायन हुने क्रम रोक्नुपर्‍यो । तपाईंहरु रोकिनुपर्‍यो।’

नेपालको विकासको लागि कृषि र पर्यटनमा नयाँ ढंगले काम गर्नुपर्ने उनले बताइन्।

‘कृषिप्रधान देश साढे ३ खर्बको खाद्यान्न आयात गर्छ। यहाँ गाउँ घरका उर्वर भूमी बाँझो राख्ने, यसले देशको निरासा अन्त्य गर्दैन। यहीँ बसेर केही गर्नसके केही वर्षमै देशमा आमूल परिवर्तन र रुपान्तरण हुन्छ,’ उनले भनिन्।

भुसालका अनुसार हाम्रो देशको विकास गर्न लाग्नुपर्ने मन्त्री र सचिव पनि जागिर खोजेर विदेश नै जान खोज्नुले मुलुकको हित गर्दैन। 

‘प्राकृतिक हिसाबले, जलस्रोत, उर्जा बेच्न सक्छौं,’ उनले भनिन्, ‘हाम्रो देशको विकास गर्ने भनेको कृषिले हो। अर्को क्षेत्र पर्यटन हो। शिक्षा आर्जन गर्ने सबले फरक तरिकाबाट सोचेर देश बनाउन लागिपरौं।’

एम्स कलेजमा अध्यापन गरेर पीएचडी गर्ने डा. दीपक अधिकारी र सिद्धार्थ ढुङ्गानालाई भुसालले सम्मान गर्दै पदक प्रदान गरिन्।

यस्तै, कलेजमा सतप्रतिशत नतिजा ल्याउने ७ जना शिक्षक सम्मानित भए। कलेजले बेस्ट अवार्डका रुपमा राजु शाहीलाई ३७ हजार ३ सय १३ रुपैयाँ सहित सम्मान गरिएको थियो।

कलेजबाट उत्कृष्ट अंक ल्याएर उतिर्ण गर्ने चार जना विद्यार्थीलाई सम्मानपत्र पनि वितरण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad