राजनीति


संयोजक नै ठग परेपछि महायज्ञको उद्घाटनका लागि चितवन पुगेका उपराष्ट्रपति त्यसै फर्के

संयोजक नै ठग परेपछि महायज्ञको उद्घाटनका लागि चितवन पुगेका उपराष्ट्रपति त्यसै फर्के

नेपालखबर
माघ ११, २०७६ शनिबार ७:१२,

सञ्चालक नै गलत धन्दामा सक्रिय रहेको चर्चा चलेपछि महायज्ञ उद्घाटनका लागि चितवन आएका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभइ फर्केका छन्।

नारायणगढमा शनिबारदेखि सुरु हुन लागेको कोटिहोम महायज्ञ विवादित भएपछि उपराष्ट्रपति पुनले उद्धाटन कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका हुन्।

महायज्ञको उद्घाटनर्कै लागि भनेर उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्वीकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिएका छन्।

स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लागेको मगरले जानकारी दिए।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख वाचक बालयोश्वर महाराज बताउने विजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशित भएको थियो।

सो समचारपश्चात महायज्ञमा प्रमुख अतिथिका रुपमा बोलाइएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नभएका हुन्।

सो महायज्ञ शनिबारदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुन गइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad