भोजपुरी भाषाकी लोकप्रिय गायिका इन्दु सोनालीको स्वर रहेको गीत ‘हमनिके भागिया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका सोनाली नेपाल भारत दुवैतर्फ परिचित गायिका हुन्।
गीतमा उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको छ।
गीतको म्युजिक भिडियोलाई आलोक शुक्लाले छायांकन र सम्पादन भरत रेग्मीले गरेका हुन् भने पूर्णेन्द्रु झाले निर्देशन गरेका छन्।
भिडियोमा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका केकी अधिकारि र विजय यादव निर्विजको अभिनय रहेको छ।
हेरौँ भिडियो

प्रतिक्रिया