ad ad

राजनीति


एमाले उपाध्यक्ष नेम्वाङको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

एमाले उपाध्यक्ष नेम्वाङको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

फाइल तस्बिर : एमाले उपाध्यक्ष सुवास नेम्वाङ


नेपालखबर
भदौ २६, २०८० मंगलबार ७:१८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

ट्विटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

हृदयाघातका कारण सोमबार राति करिब २ बजे प्रतिनिधि सभा सदस्यसमेत रहेका नेम्वाङको निधन भएको हो। बालुवाटारस्थित निवासमा हृदयाघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .