ad ad

समाज


बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा प्राचार्यको मृत्यु

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा प्राचार्यको मृत्यु

नेपालखबर
भदौ २६, २०८० मंगलबार ७:२७, काठमाडौँ

झापाको कनकाई नगरपालिका ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकेडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ सुवेदी सवार प्र१-०१-०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बोलेरो जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका- ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .