राजनीति


सापकोटाको नाममा राष्ट्र एक ठाउँमा उभिइसक्यो, अनावश्यक हल्ला गर्नुको तुक छैन : प्रचण्ड

सापकोटाको नाममा राष्ट्र एक ठाउँमा उभिइसक्यो, अनावश्यक हल्ला गर्नुको तुक छैन : प्रचण्ड

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ९:६,

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्।

शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन।’ सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको छ। उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन।’

गृह जिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए। प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै उनले प्रश्न गरे, ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र? मलाई त केही भएजस्तो लागेको छैन।’ प्रहरी प्रमुख को आउछ भन्ने कुरा सरकारले नै भन्ने उनको भनाइ थियो। दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै यहाँ आएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad