ad ad

राजनीति


सर्वोच्चको पत्र विराटनगर पुग्यो, हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै

सर्वोच्चको पत्र विराटनगर पुग्यो, हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १३:१५, काठमाडौँ

कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ शुक्रबार नै लिने भएका छन्। 

सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार गरेको फैसलाको पत्र बिराटनगर पुगिसकेकाले उनले आजै साँझ ६ बजे मुख्यमन्त्रीको शपथ लिन लागेका हुन्। 

सर्वोच्च अदातलले संविधानको धारा १६८ को उपाधरा ३ अनुसार कोशी प्रदेशको सबैभन्दा ठूलो दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सर्वोच्च अदालतको पत्र बिहीबार दिउँसो मात्रै विराटनगर पुगेकाले शपथको तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त गरेको थयो।

त्यसपछि अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .