कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आदेश बिहीबार अपरान्ह साढे ५ बजे आउने भएको छ।
मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गरी हालिएको रिट निवेदनमा जवाफी बहस सकिएसँगै बिहीबार आदेश आउन लागेको हो।
निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस भएको थियो।
।न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा मुद्दाको सुनुवाइ गरिएको हो। जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको छ।
विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन्।
57
Shares
प्रतिक्रिया