राजनीति


माधव नेपालले भने : छिमेकी राजदूतहरुले जथाभावी बोल्दा नेपाल भूराजनीतिक संकटमा फस्छ

माधव नेपालले भने : छिमेकी राजदूतहरुले जथाभावी बोल्दा नेपाल भूराजनीतिक संकटमा फस्छ

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार १३:५८, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले छिमेकी देशका राजदूतहरुले बोल्दा यहाँको भूराजनीतिक संवेदनशीलताको ख्याल गर्नु पर्ने बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्रराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीाबर बसेको बैठकमा बोल्ने क्रममा केही दिनअघि चिनियाँ राजदूत छेन सोङले दिएको अभिव्यक्तिलाई लिएर उनले यस्तो बताएका हुन्। 

‘विभिन्न देशका राजदूतहरुले बुझ्नुपर्ने कुरा के हो भने नेपाल अत्यन्तै संवदेनशील अवस्थामा छ’, उनले चिनियाँ राजदूतको भनाइप्रति लक्षित गर्दै भने, ‘यसको भूराजनीतिक संवेदनशीलतालाई ख्याल राखेर, नेपालको असंलग्न परराष्ट्र नीतीलाई ख्याल गरेर विदेशी राजदूतहरुले बोल्नुपर्छ। एउटाले अर्काकोबारे बोल्दा नेपाल भूराजनीतिक जटिलामा फस्न सक्छ। यसमा राजदूतहरुले ख्याल गर्नुपर्छ।’

उनले २०७५ मा जारी भएको चुच्चे नक्साबारे पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुको कुरा नमिलेको बताए। 

‘पहिलेका मन्त्रीले राजदूतहरुलाई जानकारी गराइसकेको भन्नु भयो। एक्ला एक्लै जानकारी दिएको हो कि सरकारकी तहमा दिएको हो? परराष्ट्रमन्त्रालयबाट कसैको उपस्थिति त भयो होला’, उनले भने, ‘लेखेर पठाउने काम भयो कि भएन तथ्य कुरा थाहा पाउनुपर्‍यो। यस्ता कमजोरी आगामी दिनमा हुनु भएन। हाम्रो देशको नक्सा संवेदनशील विषय हो। आयो गयो भनेर नछाडौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .