राजनीति


कांग्रेस नेतालाई आक्रमण गर्नेसँग राप्रपाको कुनै सम्बन्ध छैन : धवलशमशेर जबरा

कांग्रेस नेतालाई आक्रमण गर्नेसँग राप्रपाको कुनै सम्बन्ध छैन : धवलशमशेर जबरा

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार १४:१६, काठमाडौँ

राष्ट्रिय प्रजतान्त्र पार्टीले नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि बुधबार खुकुरी प्रहार गर्ने नुवाकोटाका श्यामबाबु सापकोटासँग पार्टीको कुनै साइनो र सम्बन्ध नरहेको बताएका छन्। 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा राप्रपा महामन्त्री धवलशमशेर जबराले आफूहरुले कहिल्यै हिंसाको राजनीतिमा विश्वास नगरेको बताएका छन्। 

भृकुटीमण्डपमा बिहीबार दिउँसो भएको उक्त घटनामा जोडेर राप्रपालाई आक्षेप नलगाउन पनि उनले आग्रह गरेका छन्। 

‘कांग्रेस नेता यादवमाथि आक्रमणपछि राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा नारा लागेछ। उनैले एमसीसीविरुद्ध नारा लगाएका रहेछन्। महेन्द्रजीले रिपोर्टर्स क्लबमा बोल्दा उहाँ (श्याम) ले विरोध गर्नु भएको  थियो’, उनले भने, ‘उक्त घटनाप्रति दुःखी छौँ। श्याम सापकोटा हाम्रो पार्टीमा संलग्न छैनन्। राप्रपाले न हिजो हिंसाको राजनीतिमा विश्वास गरेको थियो, न भोलिका दिनमा नै गर्छ। घटनामा संलग्नलाई कारबाही हुनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .