ad ad

राजनीति


परराष्ट्रमन्त्रीद्वारा खाँदबारीमा क्याम्पस भवन उद्घाटन

परराष्ट्रमन्त्रीद्वारा खाँदबारीमा क्याम्पस भवन उद्घाटन

नेपालखबर
भदौ २१, २०८० बिहिबार ११:२६, सङ्खुवासभा

भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ। 

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा क्याम्पस भवन उद्घाटन गरेका हुन्। 

नेपाल-भारत विकास सहयोगअन्तर्गत तीन अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो। तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ। 

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याउँदै आएको बताए। उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको सुखद भविष्य निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए। 

यो सहकार्यले हालैका वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा ठूलो फड्को मारेको उनको भनाई थियो। 

दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए। 

खाँदबारी क्याम्पसमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा रहेको क्याम्पस प्रशासनले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .