ad ad

राजनीति


वडाध्यक्ष रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

वडाध्यक्ष रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपालखबर
भदौ २१, २०८० बिहिबार ११:३६, काठमाडौँ

नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। 

रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। 

साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट देउवाले गहिरो समवेदना पनि प्रकट गरेका छन्। 

रिजालको उपचारका क्रममा ग्रान्डी अस्पतालमा आज बिहान साढे ७ बजे निधन भएको जानकारी कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत दिएका छन्। 

रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेसम्म राष्ट्रिय सभागृहमा र त्यसपछि दिउँसो साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ। दिउँसो साढे २ बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। 

विसं २०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए। 

रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुईपटक निर्वाचित भएका थिए। सरस्वती क्याम्पसमा पढ्दा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा थालेका उनले मानव अधिकारवादी संघसंस्थामा समेत रहेर काम गरेका थिए। 

उनको निधनबाट कांग्रेसले एक होनाहार नेतृत्व गुमाएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .