राजनीति


अख्तियारको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगर्न सांसदहरुलाई कांग्रेस नेताको अग्रह

अख्तियारको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगर्न सांसदहरुलाई कांग्रेस नेताको अग्रह

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ५:२७,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले व्यवस्था परिवर्तन गरे पनि भ्रष्ट प्रवृत्ति भने परिवर्तन गर्न नसकेको बताएका छन्।

सरकारले आयोगलाई थप संकुचित बनाउने दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेपछि नेता गुरुङले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता गुरुङ अख्तियारको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगर्न सांसदहरुलाई आग्रह समेत गरेका छन्। उनले गणतान्त्रिक नेपालमा भ्रष्टाचार झन बढ्दै गएको बताउँदै जनताले भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गणतन्त्र नखोजेको बताएका छन्।

 ‘व्यवस्था परिवर्तन गर्‍यौं तर भ्रष्ट प्रवृत्ति परिवर्तन गर्न सकेनौं। गणतान्त्रिक नेपाललाई झनै भ्रष्ट बनाउँदै त छैनौं?’, सामाजिक सञ्जाल ट्विटरमा नेता गुरुङले ट्विट गरेका छन्, ‘ख्याल राखौं,जनताले भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गणतन्त्र खोजेका होइनन्। मा.ज्युहरुले अदुअआको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगरोस्।’

सरकारले संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ। यी विधेयक पारित भएमा अख्तियारले केन्द्र तथा प्रदेश मन्त्रिपरिषद्‌बाट हुने नीतिगत निर्णयहरू अनुसन्धान गर्न नपाउने अवस्था आउने भन्दै गुरुङले विधेयक पारित नगर्न सांसदहरुलाई आग्रह गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad