अटो


भीसीटीएस र करबारे नाडाले गर्‍यो प्रशिक्षण कार्यक्रम

भीसीटीएस र करबारे नाडाले गर्‍यो प्रशिक्षण कार्यक्रम

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ५:३५,

६८औँ विश्व भन्सार दिवसको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बिहीबार संघीय राजधानीमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। नाडाको पहलमा आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहाल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा भन्सार, भेहिकल कन्साइनमेन्ट, ट्रयाकिङ प्रणाली र करसम्बन्धी प्रशिक्षण दिइएको थियो। होटल याक एण्ड यति दरबारमार्गमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले भन्सार, भीसीटीएस तथा कर सम्बन्धमा व्यवसायीहरुमा धेरै अन्योल रहेकोले त्यसको समाधानको लागि सम्बन्धित विभागहरुबाट नै सहयोग लिई यो प्रशिक्षण कार्यक्रम गरेको बताए। कार्यक्रमबाट व्यवसायीहरुले अधिकतम रुपमा लाभ लिनसक्ने विश्वास समेत व्यक्त गरे।

उक्त कार्यक्रममा महानिर्देशक दाहालले मानिसहरु भन्सारसँग अझै पनि साक्षात्कार हुन नसकेको बताए। उनले भने, ‘मालवस्तुहरुको सही मूल्य घोषणा व्यवसायीहरुले नै गर्ने हो। भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरुमै निहित छ। विश्वास निर्माण धेरै गाह्रो विषय हो।’ भन्सार क्यासलेस भइसकेको, बैंक सबैतिर उपलब्ध रहेकोले अब भन्सार विभागले डिजिटल प्रणाली लागू गर्न लागेको उनले बताए। विभागले आशिकुडा वल्र्ड पनि लागू गर्दै लगेको उनको भनाइ छ।

सोही क्रममा उनले डुइङ्ग बिजनेसको स्तर नेपाल, भारतभन्दा अगाडि रहेको, अहिले विभाग पेपरलेस भइसकेको र अब नो पेपरतर्फ विभाग जाने बताए। नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आईसीपीतर्फ जाने भएकाले व्यवसायीहरुले भन्सारसम्बन्धी सूचना वा जानकारीहरु इमेल तथा टोल फ्रिमार्फत लिन सकिने व्यवस्था भएको बताए।

नाडाले प्रशिक्षण कार्यक्रम विगतमा पनि गर्दै आएकोे छ। उक्त तालिम कार्यक्रममा नाडाका कुल ८१ सदस्य फर्म/कम्पनीहरुले आफ्नो सहभागिता जनाएका छन्। उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजस्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजश्व विभागका शाखा अधिकृत राजु प्याकुरेल र चार्टर्ड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए।

सरकारको प्रतिनिधित्वसहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो तेस्रो भएको नाडाले जनाएको छ। खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नुपरिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad