राजनीति


काठमाडौंमा नेपाली-अमेरिकी सेनाबीच १ महिना संयुक्त सैन्य अभ्यास हुँदै

काठमाडौंमा नेपाली-अमेरिकी सेनाबीच १ महिना संयुक्त सैन्य अभ्यास हुँदै

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ४:३२,

काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना संयुक्त अभ्यास हुने भएको छ।

नेपाली सेनाकाे स्रोतका अनुुसार आगामी फागुन ५ गते संयुक्त सैन्य अभ्यास सुरु हुनेछ।

काठमाडौंको छाउनी र भक्तपुरकाे नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाकाे स्रोतले जानकारी दिएकाे छ। 

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुनेछन्।

एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad