ad ad

राजनीति


सत्तारुढ दलकै सांसदको आक्रोश : संघीय निजामती सेवा ऐन संसदमा किन पेश नगरेको?

सत्तारुढ दलकै सांसदको आक्रोश : संघीय निजामती सेवा ऐन संसदमा किन पेश नगरेको?

नेपालखबर
भदौ १९, २०८० मंगलबार १८:१५, काठमाडौँ

सत्तारुढ दलका सांसदहरुले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सो विधेयक तत्काल संसदमा पेश गरी कानून निर्माण गर्न ढिलाई नगर्न सरकारलाई दबाब समेत दिए।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद बडूले प्रहरी समायोजनसम्बन्धी ऐन किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न समेत गरे। उनले राष्ट्रिय सुरक्षा नीति निर्माण गर्न पनि ढिलाई नगर्न सरकारसँग माग गरे।

सांसद बडूले भने, ‘यो संघीय निजामती सेवा ऐन लामो समयदेखि प्रतिक्षा भइराखेको छ। मन्त्रीजी यहाँ आउनुभएको छ। उहाँले कति हेरिसक्नुभएको छ? थाहा छैन। यसमा धेरै लामो बहस भएर फर्केर फेरि समितिमा आएको हो यो। त्यसकारण यसलाई छिटो यहाँ ल्याऊँ। मन्त्रिपरिषद्बाट यो छिटो आओस्। यसको धेरै आवश्यक्ता भइसकेको छ फेरि। यो प्रहरीको समायोजन र समन्वय र कार्य सम्पादन ऐनहरु यसै कारण कार्यान्वयन भइराखेको छैन। त्यसमा सरकारले संशोधन खोजिराखको हो कि अथवा लागू किन नगरिराखेको हो?’

यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने काममा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे। उनले केवल कुर्सीमा बस्नका लागि मात्रै संघीयता ल्याएजस्तो गरेर सरकारले आफ्नो गतिविधिलाई अघि बढाएको आरोप समेत लगाए।

सांसद पाण्डेले भने, ‘न संघीय निजामती सेवा ऐन ल्याउन सक्यो, न प्रहरीलाई समायोजन गर्नसक्यो? न शिक्षा ऐन ल्याउन सक्यो? केबल कुर्सीमा पुग्न लागि मात्रै संघीयता भन्ने अर्थ लागेको छ। यसबारेमा पनि हामी सबैले गम्भिरतापूर्वक ध्यान दिन आवश्यक छ।’

सांसद पाण्डेले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, प्रहरी समायोजनसम्बन्धि ऐन निर्माण र कार्यान्वयन गर्न सरकारले ढिलाई गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .