ad ad

राजनीति


पूर्वगोरखा सैनिकलाई अधिकार दिलाउन सरकारले कुटनीतिक पहल गर्नेछ : मन्त्री साउद

पूर्वगोरखा सैनिकलाई अधिकार दिलाउन सरकारले कुटनीतिक पहल गर्नेछ : मन्त्री साउद

नेपालखबर
भदौ १९, २०८० मंगलबार १८:२०, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वगोरखा सैनिकले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कुटनीतिक पहल गर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले १९९७ भन्दा अगाडिका गोरखा सैनिकहरुलाई पनि वेतन र घाइतेहरुलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिक परिवारले आन्दोलन गरिरहेको बताए।

उनले पूर्वगोरखा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको बताए। उनले संवादको प्रक्रियाबाट पूर्वगोरखा सैनिकहरुले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा दिलाउन सरकारले प्रयत्न गर्ने बताए।

उनले भने, ‘१९९७ भन्दा अगाडिका गोरखा सैनिकहरुलाई पनि वेतन र घाइतेहरुलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिक दाजुभाई दिदिबिहिनीहरुले लगातार आवाज उठाउनुभएको छ। तपाईहरुको आवाजमा सरकारको साथ रही आएको छ। यसका लागि सरकारको तर्फबाट हामी कुटनैतिक संवाद प्रक्रियालाई अघि बढाउँछौँ।’

उनले थपे, ‘वाद र संवादको प्रक्रियाबाट पूर्व नेपाली सैनिकहरुले गोरखा सैनिकहरुले पाउनुपर्ने उनीहरुको अधिकार बमोजिमको सुविधा प्राप्त होस् भन्नका लागि हाम्रो प्रयत्न रहनेछ। परराष्ट्र मन्त्रालय तपाईहरुको समस्या समाधानका लागि वार्ता प्रक्रियादेखि कुटनैतिक पहल गर्नेछ। तपाईहरुको समस्या समाधानका लागि हाम्रो यथेष्ठ प्रयत्न हुनेछ।’

परराष्ट्र मन्त्रालयले सो समस्या समाधानका लागि कुटनैतिक पहल गरिरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .