ad ad

राजनीति


अमेरिकी सिनेटर र ओलीबीच भेट : एमसीसी कार्यान्वयनप्रति खुसी व्यक्त

अमेरिकी सिनेटर र ओलीबीच भेट : एमसीसी कार्यान्वयनप्रति खुसी व्यक्त

नेपालखबर
भदौ १७, २०८० आइतबार १६:४२, काठमाडौँ

अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो। नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा  शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए। 

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए।

उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राख्नुभएको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पु¥याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताउनुभएको जानकारी दिए।

‘दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भयो। सिनेटरजीको नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा थियो, यो अब  कसरी, के हुन्छ भन्ने जिज्ञासा थियो, दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने कुरामा आशा थियो,’ उनले भने, ‘अध्यक्षले यो सबै कुराको बारेमा नेपालको सन्दर्भमा हाम्रो पार्टीको दृष्टिकोण राख्नुभयो। शाीन्त प्रक्रिया हाम्रो सरकार हुँदैखेर टुंगोमा पु¥याउन खोजेको कुरा राख्दै तीन कुराहरु अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर हाम्रो तर्फबाट शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन लागेको छाैं, भन्नेकुरा भयो।’

उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएको जानकारी गराए। उनले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताएको जानकारी दिए।

‘एमसीसीको सन्दर्भ आएको छ। एमसीसी नेपालले अनुमोदन गरेको छ भन्ने उहाँको भनाइ थियो। नेपालले एमसीसी अनुमोदन गरेर कार्यान्वयन समेत गर्नलाई अघि बढीरहेको कुराले आफूहरु यसलाई लिएर सकारात्मक भएको र खुशी भएको कुरा राख्नुभयो,’ उनले भने।

होलेन गत शुक्रबार नेपाल आएका थिए। 

होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .