राजनीति


पञ्चेबाजासहित प्रचण्डले चन्द्रागिरिबाट सुरु गरे ‘माओवादी विशेष अभियान’ (तस्बिरहरू)

पञ्चेबाजासहित प्रचण्डले चन्द्रागिरिबाट सुरु गरे ‘माओवादी विशेष अभियान’ (तस्बिरहरू)

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
भदौ १६, २०८० शनिबार १४:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले शनिबार देशभरबाट ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको छ। तीन महिने अभियानका रुपमा सुरु भएको यो अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयबाट औपचारिक सुरुवात गरेका छन्। 

अभियानका लागि पदाधिकारीसहितका नेताहरू देशभरका विभिन्न वडामा पुगेका छन्। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड भने काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडा पार्कमा आयोजित कार्यक्रममा सरिक भएका छन्। 

चन्द्रागिरीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित बागमती प्रदेश कमिटीका इन्चार्ज जनार्दन शर्मासहितका नेताहरू उपस्थित थिए। पञ्चेबाजासहित प्रधानमन्त्री प्रचण्ड पुग्दा अभियानको कार्यक्रममा स्वागत गरिएको थियो।

प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई पञ्चेबाजासहितको स्वागत सटिक भएको सम्बोधनका क्रममा बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव समेत रहेका शर्माले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विभिन्न कार्यक्रमसहित माओवादी रुपान्तरण अभियान चलिरहेको बताए।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .