ad ad

राजनीति


काठमाडौं आइपुगे अमेरिकी सिनेटर होलेन

काठमाडौं आइपुगे अमेरिकी सिनेटर होलेन

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १५:३५, काठमाडौँ

अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्।

शुक्रबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर नेपाल आइपुगेको अमेरिकी राजदूतावासले जनाएको छ। 

दूतावासका अनुसार उनले आफ्नो भ्रमणका क्रममा अमेरिका-नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

‘अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ’, दूतावासले भनेको छ, ‘भ्रमणका क्रममा उहाँले अमेरिका-नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुनेछ।’

त्यस्तै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .