राजनीति


ठूला राजनीतिक दलले स्वर्गभूमिलाई दुषित तुल्याए : पशुपति समशेर

ठूला राजनीतिक दलले स्वर्गभूमिलाई दुषित तुल्याए : पशुपति समशेर

फाइल फोटो


नेपालखबर
भदौ १२, २०८० मंगलबार १८:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्य भूमिलाई दुषित गरेको बताए।

उनले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरेपनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे। उनले नेपालमा अपार जलश्रोतको सम्भवना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताए। उनले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताए।

उनले भने, ‘ठूला पार्टीले मुलुक चलाइरहेका छन्, आफूलाई ठूला पार्टी भन्नेहरुले यस्तो पुण्य भूमिलाई कताकता अलि दुषित गरेका छन्। तर हेर्नुहोस्, जति जे गरेपनि, जति घुसखोरी, भ्रष्टाचार गरेपनि यो पुण्य भूमिको यसको सम्भावना कसैले बिगार्न सक्दैन। यहाँ अपार जलश्रोत, यहाँ अन्य किसिमको हबहरु छन्। यहाँको अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको छ। के छैन नेपालमा? त्यसैले यो मुलुकलाई कसैले दुषित गर्न सक्दैन। तर हामी हिन्दु, बुद्ध, जैन सम्पूर्ण थरका मान्छे जम्मा हुनुपर्छ, बुढा किराँत, सम्पूर्ण एक ठाउँमा आउनुपर्छ।’

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरुलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताए। उनले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनी पहिचान गरेर ओंकार ध्वनी उच्चारण गर्दै आएको बताए।

संस्कृतिविद् गुरुङले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गरेको उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad