राजनीति


मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउँछौँ : ऊर्जामन्त्री बस्नेत

मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउँछौँ : ऊर्जामन्त्री बस्नेत

नेपालखबर
भदौ ७, २०८० बिहिबार १३:२५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडि बढाउने बताएका छन्।

बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनेगरी काम अगाडि बढाउने बताएका हुन्।

उनले यसको निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।

उनले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गरे। उनले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिए।

उनले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताए।

मन्त्री बस्नेतले भने, ‘हामी अत्यन्त जिम्मेवारीका साथ र पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने? पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने? के हुँदैछ भन्ने कुरा आम जनताले बुझ्नसक्ने, थाहा पाउन सक्ने सबैले पूर्व जानकारी लिनसक्ने परिस्थितिको सुनिश्चित कसरी गर्ने र हाम्रो पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यवहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो।’

उनले थपे, ‘हाम्रो पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ? त्यसको निम्ति हामीले प्रविधिको क्षेत्रमा, हामीले प्रयोग गरिरहेका स्रोतहरुलाई अधिकतम प्रयोग गरेर हाम्रो अवस्था अनुकुल विश्लेषण गर्ने कुरा अझ जरुरी छ। यसको निम्ति चाहिने प्रविधि, जनशक्तिको कुरा, आवश्यक पर्ने तालिमको कुरा यो सबै बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्याउँछौ। हामी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्रलाई अझ बढी यथार्थपरक बनाउनेगरी हामी काम अगाडी बढाउँछौँ। के गर्दा अझ बढी यथार्थपरक हुन सक्छ हाम्रो पूर्वानुमानहरु अध्ययन गर्नुस् भनेको छु।’

उनले कर्मचारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad