ad ad

राजनीति


कांग्रेस सभापति देउवाले गरे अनुशासन आयोगमा ४ सदस्य मनोनयन

कांग्रेस सभापति देउवाले गरे अनुशासन आयोगमा ४ सदस्य मनोनयन

नेपालखबर
भदौ ५, २०८० मंगलबार १६:२२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन आयोगमा ४ जना सदस्य मनोनयन गरेका छन्। मंगलबार (भदौ ५) गते सभापति देउवाले ४ जना केन्द्रीय सदस्यलाई पार्टी अनुशासन समितिमा मनोनयन गरेका हुन्। 

केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सञ्जयकुमार गौतम, राजीव कोइराला र ध्रुव वाग्लेलाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम मनोनयन गरेका हुन्। 

समितिको संयोजक केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्। 

त्यस्तै, निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायधिवक्ता, केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य एवं अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .