राजनीति


एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक बस्दै, महाधिवेशनको टुंगो लगाइने

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक बस्दै, महाधिवेशनको टुंगो लगाइने

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८० मंगलबार ८:२५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज मंगलबार बस्दै छ।

ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ।

पार्टी स्थापना भएको झन्डै २ वर्ष हुँदा पनि महाधिवेशन हुनसकेको छैन। 

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिए। 

उनका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ। 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव  भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्ने जनाइएको छ।

ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ। समाजवादी अर्थ-व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने महासचिव भुसालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .