ad ad

राजनीति


राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

नेपालखबर
भदौ ३, २०८० आइतबार १९:४१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवासमा बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले जानकारी दिए।

संघीय संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ। 

यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि राष्ट्रपतिलाई भेटेर संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले पनि संसद्को गतिरोध अन्त्यका लागि सभामुखसहित राखेर पहल गरिरहेका छन्। 

आइतबार पनि सिंहदरबारमा प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए। बैठकपछि नेताहरूले आजको छलफल सकारात्मक भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .