ad ad

राजनीति


प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई सोमबार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई सोमबार

नेपालखबर
भदौ ३, २०८० आइतबार १५:४६, काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ।

आइतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो।

सोमवार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन्। समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए।

उनले भने, ‘अब म नेपालको प्रधानन्यायाधीशमा प्रश्तावित श्री विश्वम्भरप्रसाद श्रेष्ठको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थिति गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्याँई, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्ने प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनुवाई प्रक्रिया सम्पन्न गर्ने लगायतका विषयहरुको सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयको तर्फबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिन हुन अनुरोध गर्दछु। समितिको अर्को बैठक २०८० साल भाद्र ४ गते सोमवार दिनको साढे १० बजे बस्ने गरी तय हुन्छ। भोलि साढे १० बजे उजुरीकर्तालाई आमन्त्रण गर्ने। र, साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशलाई बोलाउने।’

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .