राजनीति


सदन खुलाउन सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

सदन खुलाउन सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

प्रमुख सचेतकहरुसँग सभामुखको छलफल। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
भदौ ३, २०८० आइतबार १२:१७, काठमाडौँ

गत साउन १० गतेदेखिको संसद्‍को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूबीच छलफल थालेका छन्।

साउन ३ गते बरामद भएको साढे ६० केजी सुन प्रकरणलाई लिएर उच्चस्तरीय समिति मागसहित एमालेले संसद्‍मा  अवरोध गरिरहेका बेला सभामुख घिमिरेले आफूलाई सक्रिय बनाएका हुन्। 

सभामुख घिमिरेले बिहान साढे ११ बजेदेखि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। 

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएका छन्। 

साढे ६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जिकिरसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले  संसद्‍मा अवरोध गरिरहेको छ।

अवरोधबीच आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच छलफल भएको हो। 

यसैबीच सदनकै अवरोधलाई लिएर आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ र प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएका छन्। 

एमालेले उच्चस्तरीय समिति माग्दै गर्दा सत्तारुढ दलहरु भने त्यसमा सहमत भएका छैनन्। उनीहरुले हाल सक्रिय सरकारी निकाय नै सुन प्रकरण अनुसन्धानमा सक्षम रहेको बताइरहेका छन्। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad