राजनीति


ललिता निवास प्रकरणबारे रवि लामिछाने भन्छन्– गृहमन्त्रीज्यू! ठूलै गडबड छ

ललिता निवास प्रकरणबारे रवि लामिछाने भन्छन्– गृहमन्त्रीज्यू! ठूलै गडबड छ

नेपालखबर
भदौ ३, २०८० आइतबार १२:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा संलग्न आरोप लागेका सबैको बयान नभएको अनुसन्धान प्रतिवेदन पेस नगर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका छन्। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउँदै छ। 

सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउन लागेको हो।

यसै सन्दर्भमा प्रतिनिधिसभासमेत रहेका रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad