ad ad

राजनीति


गठनको २ महिनापछि आज समाजवादी मोर्चाको दोस्रो बैठक बस्दै

गठनको २ महिनापछि आज समाजवादी मोर्चाको दोस्रो बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार ७:३१, काठमाडौँ

समाजवादी मोर्चाको बैठक आज (भदौ ३ गते) बस्दै छ। 

बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार आइतबार साँझ बस्ने बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्नेछन्। 

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।

मोर्चा गठन भएको २ महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो। मोर्चाको नेतृत्व अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्। 

गत असार ४ गते समाजवादी मोर्चा घोषणा भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .