ad ad

राजनीति


कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

नेपालखबर
भदौ २, २०८० शनिबार १४:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन्।

शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रिय सम्मेलनमा बोल्दै उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए। 

‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुश नभएका तत्वहरू त छन्। तिनीहरूले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन्। कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ? भन्नेकुरामा प्रश्न सुरु हुन्छ,’ उनले भने।

उनले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए। नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नुपर्ने बताए।

‘त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ। अब त जमाना कस्तो भइसक्यो भने कांग्रेसको संगठनमा कांग्रेस भएर मात्रै पनि पुग्दैन। कांग्रेसको संगठन पनि राम्रो हुनुपर्छ। राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ।’

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे। उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .