नेकपा एमालेले नेताहरूको जिम्मेवारीसहितको अन्तर पार्टी निर्देशन (अपानि) तल्लो तहमा पठाएको छ। शुक्रबार एमाले अपानि–८ जारी गर्दै सबै कमिटीहरूमा पठाएको हो।
असार ३० र साउन २९ गते बसेको सचिवालय बैठकले गरेका निर्णयहरु समेटेर अपानी जारी गरिएको हो। जसमा बागमती प्रदेश जिम्मेवारी गुरु बराललाई दिइएको छ।
यसअघि सो जिम्मेवारीमा विवाद भएपछि रोकिएको थियो।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंकै २ वटा नगरपालिकाको इन्चार्ज बनाइएको छ।
यस्तै, सामाजिक सेवा विकासको प्रमुख झपटबहादुर बोहरालाई तोकिएको अपानिमा जनाइएको छ।
केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका केशव स्थापित र प्रमोदनारायण यादवलाई एमालेले पदमुक्त गरेको पनि अपानिमा उल्लेख छ।
अपानीको पूर्णपाठः
69
Shares

प्रतिक्रिया