ad ad

राजनीति


बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार ९:३१, काठमाडौँ

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ। 

आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो। 

संसद्‌मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन्।

बैठकले संसद्‌को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ। 

हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्‌मा अवरोध गरिरहेको छ।

सरकारले भने सीआईबीलाई अनुसन्धान टु‌ंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएकाे बताइरहेको छ। यसैगरी सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलले पनि सुनकाण्डको अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक नहुने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .