राजनीति


एक हप्ताका लागि आज चीन जाँदै उपराष्ट्रपति यादव

एक हप्ताका लागि आज चीन जाँदै उपराष्ट्रपति यादव

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार ६:५१, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (सोमबार) एक हप्ताका लागि चीन भ्रमणमा जाँदै छन्। 

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी आज अपराह्न ४ः२५ बजे काठमाडाैंबाट त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार यही साउन ३१ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिएका छन्। 

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा सहभागी हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad