ad ad

राजनीति


कांग्रेस प्रमुख सचेतकको जवाफ : अहिले सरकार फेर्ने र ढाल्ने कुरा छैन

कांग्रेस प्रमुख सचेतकको जवाफ : अहिले सरकार फेर्ने र ढाल्ने कुरा छैन

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १७:३९, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन्।

दुई दिनदेखि जारी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्। 

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने,  ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ। तर तिनमा सरकार फेरबदलको विषय पर्दैन।’

उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको पनि बताएका छन्। 

‘आज पनि बोल्ने क्रममा जारी छ। भोलि पनि ११ बजे फेरि बस्छौँ’, उनले भने, ‘भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ। कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरुलाई समेटेर निर्णय पारित गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .