राजनीति


सुनिल शर्माबारे कांग्रेस प्रवक्ता : पार्टीमा बसेपछि अनुशासन र मर्यादा पनि राख्नुपर्छ

सुनिल शर्माबारे कांग्रेस प्रवक्ता : पार्टीमा बसेपछि अनुशासन र मर्यादा पनि राख्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १६:३५, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा रहेपछि नेता, सांसदहरुले मर्यादा र अनुशासनको ख्याल गर्नुपर्ने बताएका छन्।

संसद् भवन नयाँबानेश्वरमा बसिरहेको संसदीय दलको बैठकमा क्रममा उनले कांग्रेस सांसद सुनिल शर्मातिर लक्षित गर्दै यस्तो बताएका हुन्। 

‘पार्टीमा रहेपछि, संस्थामा रहेपछि हामीले अनुशासनका कुरा मर्यादाका कुरा के बोल्नु हुन्छ के बोल्नु हुँदैन ख्याल गर्नुपर्छ’, उनले  भने, ‘के गर्न हुन्छ के गर्न हुँदैन हेक्का हुनुपर्छ। हामी त एउटा संस्थाको अभ्यास गरेर आएको हो।’

उनले साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा अहिले छानबिन चलिरहेको बताए। ‘हामीले छानबिन अघि बढाएका छौँ, मैले नै छानबिन गरौँ भनेको छु’, उनले भने, ‘पक्रिनु त राम्रो हो नि, पक्रिदै नपक्रेको भए त अर्कै हुन्थ्यो।’

उनले सुन तस्करी प्रकरणमा हङकङ सरकारलाई पत्राचार गरिसकेको बताए। ‘हामीले हङकङलाई चिठी लेखेका छौँ’, उनले भने, ‘फेरि यसबारेको डिटेल विवरण मागेको छ। हामीले पठाएका छौँ।’

उनले हङकङबाट सुन कसरी आयो? यहाँ को को संलग्न छन् भनेर राजस्व अुनसन्धान विभाग, भन्सार र सीआईबीले अुसन्धान गरिरहेका पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad