ad ad

राजनीति


मन्त्रिपरिषद् हेरफेरअघि बालुवाटारमा माओवादी पदाधिकारी बैठक

मन्त्रिपरिषद् हेरफेरअघि बालुवाटारमा माओवादी पदाधिकारी बैठक

नेपालखबर
साउन २८, २०८० आइतबार १६:४२, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे छलफल भइरहेको बताइएको छ। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएसँगै माओवादी नेताहरू बालुवाटारमा भेला भएको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका छन्। सो विषयमा निर्णय लिनका लागि प्रचण्डले पदाधिकारी नेताहरूसँग छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिए। 

जनमत पार्टीलाई सरकारमा समावेश गराउनेगरी प्रचण्डले माओवादीको भागमा रहेको एउटा मन्त्रालय हटाउने तयारी गरेका छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एकजनालाई हटाउने तयारी भएको स्रोतले बताएको छ। 

जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ। यद्यपि कुन मन्त्रालय लिने भन्नेबारेमा पनि आधिकारिक जानकारी जनमतले पाइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .