ad ad

राजनीति


एमालले आवेगमा संसद् अवरुद्ध गर्‍यो, विवेक प्रयोग गरे भोलि नै खुल्छ : महामन्त्री शर्मा

एमालले आवेगमा संसद् अवरुद्ध गर्‍यो, विवेक प्रयोग गरे भोलि नै खुल्छ : महामन्त्री शर्मा

नेपालखबर
साउन २६, २०८० शुक्रबार २०:१८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालले संसदमा आवेगमा संसद अवरुद्ध गरेको टिप्पणी गरेका छन्।

शुक्रवार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् सुचारु हुने बताए। 

‘नेपाली समाजमा हामी अलि बढी आवेगमा छौं। हीत र अहीतलाई बुझ्ने विवेक हो तर विवेकलाई भन्दा पनि आवेगलाई बढी प्राथमिकता दिएका छौं। साहित्यका मञ्चहरूमा धेरै विवेकहरू निषेधित नै हुन्छन्,’ उनले भने, ‘विवेकहरू केन्द्रमा हुन्छन्। राजनीतिको मञ्चमा पनि विवेकलाई नै केन्द्रमा राखेर आवेगलाई अलिकति निषेध गरिदिने हो भने यो देशको संसद भोलि नै सुचारु हुन्छ।’

उनले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको पनि बताए। उनले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताए। 

उनले प्रतिपक्षले पनि सत्ताले लगाउँदै गरेको जुत्तामा कहाँ दु:खी छ भन्ने राम्रोसँग बुझेको बताए। प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको उनको भनाइ छ। 

‘संसदमा हामी राम्रोसँग बहस गर्न तयार छौं। प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गर्छ र सत्ताले बुझ्दै गरेको लगाउँदै गरेको जुत्तामा कहाँ दुखिरहेको छ भन्ने कुरामा प्रतिपक्षले पनि राम्रोसँग बुझेको छ,’ महामन्त्री शर्माले भने, ‘सत्ता पक्षको सांसद भएकाले संसदमा मेरो कुराहरु अस्ति राखेको छु। प्रतिपक्षमा बसेर प्रश्नका कुरालाई थाति राखेर डिफेन्समात्रै गरेर जाने कुरा बस्तुगत भएन।’

नेपाली समाजमा हीत र अहीतलाई बुझ्ने विवेक भएपनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको पनि बताए।

‘अहिले काँग्रेस र एमाले गठबन्धनमा छैनौं। गठबन्धन भयो भने केपी कमरेडका साराकुराहरु राम्रा देख्न थाल्ने र गठबन्धनमा छैनौं भने सारा कुरा नराम्रो देख्ने हुन्छ। तर हरेक कुरालाई वस्तुगत भएर हे¥यो भने सबैकुरा सकारात्मक हुन्छ’, उनले भने।

उनले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .