ad ad

राजनीति


कांग्रेस संसदीय दलको बैठक : संसद अवरोध र सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल

कांग्रेस संसदीय दलको बैठक : संसद अवरोध र सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल

फाइल फोटो


नेपालखबर
साउन २६, २०८० शुक्रबार १६:२७, काठमाडौँ

निरन्तरको संसद अवरोधको विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक बसेकाे छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा संसद अवरोधको सम्बन्धमा छलफल भएको छ। सोही एजेण्डामा आधारित भएर सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्।

त्यसैगरी बैठकमा संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आ.व.२०८०/८१को बजेटको प्रभावकारी कार्यान्वयन र संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिकाको विषयलाई पनि एजेण्डा बनाइएको छ। सो विषयहरुमा पनि सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्।

बैठकमा बाढी, पहिरोले देशभरमा गरेको धनजनको क्षतिको राहत, उद्दार तथा पुनःस्थापना, पशु चौपायामा लागेको लम्पिस्किन रोगको रोकथाम र किसानलाई राहत, डेंगु, एडिनो भाइरस कन्जन्टिभाइटिस(आँखा पाक्ने रोग)को रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषय पनि समेटिएको छ।

त्यसैगरी महंगि, प्रभावकारी सेवा प्रवाह र सुशासनको विषयलाई पनि छलफलको विषय बनाइएको छ।

बैठकमा बोल्ने सांसदहरुले बिहीवार(हिजो) पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउको विषयमा पनि जिज्ञासा राखेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .