ad ad

समाज


सुनिल शर्माले भने : मलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गर्‍यो

सुनिल शर्माले भने : मलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गर्‍यो

सरकारी वकिलकहाँ सुनिल शर्मा। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २६, २०८० शुक्रबार १६:३०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई आफूलाई प्रहरीले हातपात गरेको बताएका छन्। 

केन्द्रीय अनुसन्धान ब्यूरोले म्याद थपका लागि सरकारी वकिलकहाँ पुर्‍याउने क्रममा प्रहरीले आफूमाथि हातपात गरेको उनले बताएका हुन्। 

बबरहमलस्थित सरकारी वकिलको कार्यालयमा शर्माका समर्थक र प्रहरीबीच केही बेर तनाव भएको थियो। 

त्यसक्रममा उनका समर्थकहरुले सांसद शर्मामाथि प्रहरीबाट दुर्व्यवहार भएको बताए। प्रहरीले शर्मामाथि हात हालेको भन्दै उनीहरुले नाराबाजी गरे।

शर्माले पनि सरकारी वकिलको कार्यालयबाहिर निस्किँदै गर्दा प्रहरीले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको बताए। 

उनले आफूमाथि दुई पटक हात हालिएको बताउँदै आक्रोश व्यक्त गरे। 

शर्मालाई आईएसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .