ad ad

राजनीति


सरकार प्रतिशोधमा उत्रियो, सुनिल शर्मालाई थुन्नुपर्ने जरुरी थिएन : चन्द्र भण्डारी

सरकार प्रतिशोधमा उत्रियो, सुनिल शर्मालाई थुन्नुपर्ने जरुरी थिएन : चन्द्र भण्डारी

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १४:२८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्का सांसद सुनिल शर्माविरुद्ध राज्य प्रतिशोधपूर्ण ढंगले उत्रिएको बताएका छन्।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 

‘सुनिल शर्मालाई थुन्नुपर्छ भन्ने छैन। जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन। मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु’, उनले भनेका छन्, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन्। बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो।’ 

कांग्रेस नेतासमेत रहेका भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदा हुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए। 

‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन। सुनिल शर्माले बोलेको कसैलाई नपचेको होला नि!’, उनले भने,  ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने। सुनिल शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन?’

उनले सुनिल शर्मा नेपालमै बसेको अवस्थामा सांसद जस्तो पदमा रहेको व्यक्तिलाई थुनेर गलत गरेको दोहोर्‍याए।

‘नेपाल छाडेर जानेलाई फूलमाला लगाउने तर नेपालमै बसेकालाई किन थुन्ने?’, उनले भने, ‘यसमा सरकारले ठीक गरे, प्रतिशोधमा उत्रिएर देश अघि बढ्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .