राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन्।
शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिएका हुन्।
लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि उनले बताए।
संसद नचलेको अवस्थामा कुनै पनि बेला हाजिर मात्रै गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने लामिछानेले बताए।
‘ हामीले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरी मात्र गरेर तलव सुविधा लिनु हुँदैन भनेर संसद नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छौँ’, उनले भने, ‘काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिने कुरा स्वीकार्य छैन। संसद् अवरुद्ध भएको बेला प्राप्त हुने तलव सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौँ।’
सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने पनि बताएका छन्।
Shares
प्रतिक्रिया