ad ad

राजनीति


आदिवासी जनजातिसँग प्रधानमन्त्री : शेर्पा र किरात प्रदेश घोषणा गरेँ, तर नाम राख्न सकिनँ

आदिवासी जनजातिसँग प्रधानमन्त्री : शेर्पा र किरात प्रदेश घोषणा गरेँ, तर नाम राख्न सकिनँ

आदिवसाी जनजाति दिवस कार्यक्रमलाई सम्बोधनका क्रममा प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन २४, २०८० बुधबार १६:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई जनताले पर्याप्त मत नदिँदा देशमा पहिचान स्थापित हुन नसकेको बताएका छन्। 

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई  सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 

‘२०७० मा मैले नेतृत्व गरेको पार्टीले पहिचानसहितको संघीयता, संघीयतासहितको पहिचानकोनारासहित चुनाव लड्यो’, उनले भने, ‘त्यसपछि मैले शेर्पा प्रदेश र किरात प्रदेशको नाम घोषणा पनि गरेको थिएँ। तर सदनमा पहिचानको पक्षमा शक्ति प्राप्त नहुँदा त्यसलाई लागु गर्न सकिएन।’

उनले अहिलेको आन्दोलनबाट पहिचान आउन मुस्किल रहेको बताए। ‘अहिलेको आन्दोलनबाट पहिचान आयो भने ठीकै छ’, उनले भने ‘नत्र २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ पहिचान पारित हुन्छ।’

उनले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिले संवेदनशील अवस्था बनाएको बताउँदै त्यसबारे सरकार गम्भी रहेको उल्लेख गरे। 

पाण्डेको अभिव्यक्तिपछि पैदान भएको असहज परिस्थितिबारे मंगलबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँग गम्भीर छलफल गरेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .