ad ad

राजनीति


संविधान अपर्याप्त छ, सार्थक कार्यान्वयन कांग्रेसले मात्रै गर्न सक्छ : गगन थापा

संविधान अपर्याप्त छ, सार्थक कार्यान्वयन कांग्रेसले मात्रै गर्न सक्छ : गगन थापा

नेपालखबर
साउन २३, २०८० मंगलबार १८:४९, काठमाडौँ

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन्।

विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली काँग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताए।

महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढ्ने तागत रहेको जिकीर समेत गरे। उनले कतिपय दलले संविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै कांग्रेसले उनीहरुलाई समेत नेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजाने समेत बताए। 

‘यो संविधान अपर्याप्त छ। यसलाई पर्याप्त बनाउने हो। यसलाई थप सुधार गर्दै लिएर जाने हो। र, कांग्रेसले नै यसलाई सार्थक कार्यान्वयन पनि गर्दैगर्दै लिएर गएर यही व्यवस्था भित्र हामी सबैको चाहनाहरुलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीले पुर्‍याउनु पर्छ,’ उनले भने, ‘हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौं भने अरु कसैले पनि त्यो भूमिका निर्वाह गर्न सक्दैन। यो मैले अहंकार राखेर भनेको होइन। नेपाली कांग्रेससँग त्यो समन्वय गर्ने तागत छ।’

महामन्त्री थापाले सबै नेपाली देशभक्त हुन भन्ने मान्यताको आधारमा नेपाली कांग्रेस अघि बढ्ने पनि बताए। 

सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबै नेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा नेपाली काँग्रेस प्रतिवद्ध भएर लाग्ने आश्वासन समेत उनले दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .