ad ad

राजनीति


सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ : सीआईबी असफल भएछ भने उच्चस्तरीय समिति बन्छ

सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ : सीआईबी असफल भएछ भने उच्चस्तरीय समिति बन्छ

संसद्‍मा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठ। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २३, २०८० मंगलबार १८:२६, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै अनुसन्धान टुंग्याउन दिनुपर्ने बताएका छन्।

सुन तस्करी र ललिता निवास प्रकरणमा मंगलबार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यसो भनेका हुन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको समितिले ७ हजारदेखि ९ हजार ९०० केजी सुन आएको भनेको पनि उनले स्मरण गराए। 

‘अहिले सिपमेन्टको आधारमा धेरै सुन आएको अनुमान छ। ट्रान्स नेशनल कनेक्सनसहित त्रिभुवन विमानस्थललाई ट्रान्जिट प्वाइन्ट बनाइँदैछ। हिजो पनि भएको थियो भनेर अहिले चुप लागेर बस्न मिल्दैन’, उनले भने, ‘सुन तस्करीका दोषीहरुलाई कानुनी दायरामा ल्याउनै पर्छ। तर उच्चस्तरीय छानबिन समिति किन नबनाउने? भन्ने कुरा आएको छ। तर यसअघि संसदीय समिति पनि बनाएको हेर्यौँ हामीले, त्यसको एउटा पनि प्रतिवेदन कार्यान्वयन भएन।’

उनले यसअघिको समितिले पनि ३३ केजीमध्ये एक तोला पनि सुन पत्ता लगाउन नसकेको उनले बताए। 

‘सीआईबीले यदि गर्न सकेन भने हामी त्यसपछि विकल्पमा जाउँला। यो मन्त्रिपरिषद्ले कानुन लगाउन सकेन भनेर अर्को समानान्तर सरकार बनाऊँ भन्न मिल्छ र?’, उनले भने, ‘राज्यका मूलभूत मान्यता छन्। यो ३५ दिनमा सीआईबीको छानबिनमा दुर्नियत देखिए उच्चस्तरीय समिति बनाऊँ। यसलाई डिरेल गर्ने काम नगरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .