ad ad

खेल


एएफसी कप : पहिलो हाफमा पारोविरुद्ध मछिन्द्र क्लबको अग्रता

एएफसी कप : पहिलो हाफमा पारोविरुद्ध मछिन्द्र क्लबको अग्रता

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २३, २०८० मंगलबार १८:३१, काठमाडौँ

एएफसी कप अन्तर्गत प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा घरेलु टोली मछिन्द्र फुटबल क्लबले पारो एफसीविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मछिन्द्रले भुटानी लिग च्याम्पियन पारोविरुद्ध ३–१ गोलको अग्रता बनाएको हो। 

खेलको सातौ मिनेटमा पारो एफसीले मछिन्द्रविरुद्ध सुरुवाती अग्रता लिएको थियो। पारोका एसु दर्जीको क्रसमा काजु होम्माको प्रहार मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले बचाउन खोज्दा खेलाडीबीच तालमेल नमिलेपछि गोलमा परिणत भयो। 

खेलको १२ औं मिनेटमा विमल घर्तिमगरको गोलमा मछिन्द्र खेलमा फर्किएको थियो। 

१५ औं मिनेटमा विमल घर्तिमगरको पासमा आयुष घलानले बललाई पोष्टको जाली चुमाउँदै मछिन्द्रलाई २–१ को अग्रता दिलाएका थिए। 

खेलको ४० औं मिनेटमा मछिन्द्रले पारेविरुद्ध ३–१ को अग्रता बनाएको थियो। मछिन्द्रका आयुष घलानको क्रसमा करिम ओमोलाजाको पासलाई अफिज ओलावालेले बललाई उत्कृष्ट फिनिसिङ टच दिएका थिए। 

खेलको ४४ औं मिनेटमा आयुष घलानको प्रहार पोष्टको नजिकबाट बाहिरिदाँ अग्रता बनाउने अवसर मछिन्द्रले गुमायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .