ad ad

राजनीति


प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

नेपालखबर
माघ ६, २०७६ सोमबार १०:१६,

प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो। छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए। उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए। पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .