ad ad

राजनीति


गगनले कांग्रेसमा भित्र्याएको डेढ वर्षमै एमालेमा फर्किइन् लक्ष्मी गौतम

गगनले कांग्रेसमा भित्र्याएको डेढ वर्षमै एमालेमा फर्किइन् लक्ष्मी गौतम

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८० सोमबार १७:५२, काठमाडौँ

अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष लक्ष्मी गौतम नेकपा एमालेमै फर्किएकी छन्। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट पाणिनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित गौतम २०७८ पुस १९ गते कांग्रेसमा प्रवेश गरेकी थिइन्।

एमाले छाडेर नेकपा एकीकृत समाजवादी लागेपछि केन्द्रीय सदस्य भएकी उनलाई कांग्रेसमा प्रवेश गर्दा बाजागाजासहित महामन्त्री गगन थापा, केन्द्रीय सदस्य पुष्पा भुसाल र सञ्जय गौतमसहित नेताहरुले पार्टीमा स्वागत गरेका थिए। 

उनै गौतमलाई २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि टिकट पनि दियो। तर उनी त्यहाँ पराजित भइन्। कांग्रेसले पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद गुमायो।

पराजित भए पनि कांग्रेसको राजनीतिमै सक्रिय उनी जिल्ला कार्यसमितिको पवक्ता पनि भइन्। यही साउन १९ गते भएको पालिका सम्मेलन कार्यक्रममा पनि उनले सहभागिता जनाइन्। तर कांग्रेसमा रहँदा असन्तुष्ट उनी सोमबार एमालेमै फर्किएकी छन्। 

तामझामसहित कांग्रेस प्रवेश गरेकी गौतम त्यहाँ राजनीतिक भविष्य नदेखेको भन्दै एमाले प्रवेश गरेकी हुन्। 

उनलाई एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, जिल्ला अध्यक्ष पिताम्बर भुसाल र जीवनारायण कोइरालासहितले पार्टीमा फेरि स्वागत गरेका छन्। 

कांग्रेसमा प्रवेश गर्दा

एमालेमा फर्किँदै गर्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .