ad ad

राजनीति


संसद् दलीय भागबन्डाको बन्धक बन्यो : सांसद गौतम

संसद् दलीय भागबन्डाको बन्धक बन्यो : सांसद गौतम

नेपालखबर
साउन २२, २०८० सोमबार १८:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसद् दलीय भागबन्डाको बन्धक भएको टिप्पणी गरेकी छिन्। सोमबार संसद् बैठक स्थगित भएपछि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै गौतमले संसद दलीय स्वार्थको जालोमा जेलिएको बताएकी हुन्। 

‘नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएको छ,’ गौतमले लेखेकी छिन्, ‘कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो तर नेपालको सार्वभौम संसद दलीय स्वार्थको जालोमा जेलिएको छ।तेस्रो पटक पनि चल्नै सकेन।’

शीर्ष नतोहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

त्रिभुवन विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। 

एमालेले उक्त माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .