नेकपा माओवादी केन्द्रले सञ्चालन गर्न लागेको तीन महिने अभियानका लागि प्रदेश इन्चार्जहरू तोकिएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्तm अभियानका इन्चार्जहरू तोकेका हुन्।
अभियानको नाम ‘जनतासँग माओवादी, विशेष रुपान्तरण’ दिइएको छ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार कोशी प्रदेशमा चक्रपाणी खनाल, मधेश प्रदेशमा लिलामणी पोखरेल, बागमती प्रदेशमा जनार्दन शर्मा, लुम्बिनी प्रदेशमा हितमान शाक्य, कर्णाली प्रदेशमा मातृका यादव, सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यलाई इन्चार्ज तोकिएको हो।
त्यस्तै, उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।
111
Shares
प्रतिक्रिया