ad ad

समाज


चारित्रिक प्रमाणपत्र प्रमाणिकरण घरबाटै गर्न सकिने, विभाग धाउनु नपर्ने

चारित्रिक प्रमाणपत्र प्रमाणिकरण घरबाटै गर्न सकिने, विभाग धाउनु नपर्ने

नेपालखबर
साउन २१, २०८० आइतबार १५:१३, काठमाडौँ

अब प्रहरी चारित्रिक प्रमाणपत्र पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्न मिल्ने भएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आइतबार आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरेका छन्। 

उक्त सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ।

अब त्यही कामका लागि विभागमा भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि त्यही कामका लागि दैनिक एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए। 

मन्त्री साउदले यो सेवा सार्वजनिक सेवा प्रवाह प्रभावकारीरुपमा प्रदान गर्ने योजनामा कोशेढङ्गा सावित भएको बताउँदै मन्त्रालयका अन्य सेवालाई पनि नयाँ प्रविधिको सदुपयोग गरी अनलाइन माध्यमबाटै प्रदान गरिने बताए। 

यसबाट जनताले खेप्नुपर्ने हैरानीको अन्त्य हुने र खर्चको समेत बचत हुने बताउँदै उनले दुर्गममा बसेर पनि राज्यले प्रदान गर्ने सेवा सहजै प्राप्त हुने उल्लेख गरे।

फरक प्रसङ्गमा उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे।

वर्तमान गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

उनले अन्तर्राष्ट्रियसम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनतको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .